उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा

आजभोलि

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ ।

स्वीकृत मतदाता नामावलीबमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला ८८ लाख ५२ हजार ४६, पुरुष ९१ लाख ४९ हजार तीन सय ३५ र अन्य एक सय ८५ गरी जम्मा एक करोड ८० लाख एक हजार पाँच सय ६६ कायम रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ ।

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५, बारा क्षेत्र नं २ मा दुई सय ३७ थप भई एक लाख पाँच हजार दुई सय ४८ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक सय ८५ घटी भई एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार आजसम्म देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय ३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदानकेन्द्र कायम भएको छ । सोअनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदानस्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ ।

आयोगको निर्णयानुसार चितवनमा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्लादर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली सङ्कलन कार्य २०७९ माघ २ गतेदेखि यथावत जारी रहेको छ ।

  • १६ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !