परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन

आजभोलि

जलेश्वर । एसइई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ । रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसइई परीक्षामा सुरक्षार्थ खटिएका उनको ड्युटीमै रहेको बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

मृतक पटेलको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाबारे परिवारजनलाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !