महानगरको फोहर टेलिकमको कार्यालयमा

आजभोलि

काठमाडौं । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।

वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।

टेलिकमले अप्टिकल फाइबार विच्छ््याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको र पटकपटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताए ।

कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उनको भनाइ थियो । गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताए ।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !