मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

आजभोलि

बागमती । हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।

सङ्घीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख डा व्रजकिशोर ठाकुरले खोप लगाउन ८४ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जानकारी दिए ।

स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उनले दुर्गममा रहेको राक्सिराङ् गाउँपालिकाबाहेक नौवटा स्थानीय तहमा खोपसहित प्रविधिक पुगिसकेको र खोप लगाउने अभियान सुरु भएको बताए ।

हेटौँडा उपमहानगरपालिकामा रोग सङ्क्रमण भएका तथा लक्षण देखिएका पशुका लागि १० हजार पाँच सय, वकैया गाउँपालिकाका लागि पाँच हजार, बागमती गाउँपालिकाका लागि तीन हजार खोप पठाइएको बताइएको छ ।

त्यसैगरी, कैलाश गाउँपालिकाका लागि एक हजार, थाहा नगरपालिकाका लागि पाँच हजार, मनहरि गाउँपालिका लागि सात हजार पाँच सय, भीमफेदी गाउँपालिका लागि तीन हजार, इन्द्रसरोवर गाउँपालिकाका लागि एक हजार पाँच सय, मकवानपुरगढी गाउँपालिकाका लागि आठ हजार पाँच सय खोप निःशुल्क रुपमा लगाउने कार्य सुरु भएको सो कार्यालयले जनाएको छ । तर राक्सिराङ् गाउँपालिकाका लागि एक हजार खोप पठाउनका लागि छुट्याए पनि हाल पठाउन नसकिएको र पछि पठाउने प्रमुख डा. ठाकुरले भने । खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुटा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिडँडुल गर्न समस्या हुने गर्दछ ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !