टपरी गाँस्ने प्रतियोगिता

आजभोलि

काठमाडौँ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो ।

पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औँद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो ।

विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ ।

टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेलाको तेस्रो दिन आज टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । टपरी गाँस्ने प्रतियोगितामा ५० जना सहभागी थियो । प्रतियोगितामा दुईजना पुरुष र बाँकी महिलाको सहभागिता रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका सचिव हर्कराज गुरुङले बताए ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर तयार गरिने थाली जस्तो एक भाँडो हो । यो विभिन्न आकारमा तयार गर्न सकिन्छ । टपरीको प्रयोग प्रायःविवाह, व्रतबन्ध, न्वारनलगायतका काममा प्रयोग हुन्छन् । विवाहमा बरनीको लागि तयार गरिने टपरी तीन हात ब्याससम्मको ठूलो हुन्छ ।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !