ऐजिन्स । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरा खानले प्रधानमनत्री कार्यालयमा नबस्ने घोषणा गरेका छन् । उनी सामान्य घरमा बस्ने छन् । साथै, उनले प्रधानमन्त्री कार्यालयमा रहेको जम्बो काटछाँट गरी सानो टिम बनाउने भएका छन् ।
पाकिस्तान सरकारले प्रधानमन्त्रीको सुरक्षाको लागि किनेका ३३ ओठा बुलेटप्रुफ गाडी बेचेर स्कुल जान नसकेका बालबालिकाको शिक्षामा खर्च गर्ने जनाएका छन् । साथै हेलिकोप्टर बेचेर मातृ मृत्युदर घटाउनमा खर्च गर्ने बताएका छन् ।
उनले निर्वाचन जितेपछि पाकिस्तानको भ्रष्टाचार न्यूनिकरण गर्ने अनियमितता कम गर्ने बताएका थिए ।
उनी पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेको छन् । उनी पाकिस्तानका लोकप्रिय खेलाडी हुन् । उनले सन १९९२ मा विश्कप जितेका थिए । उनको लोकप्रिय कार्यक्रम कार्यान्वय हुनेमा भने शंका गरिएको छ ।
photo from Imran khan’s facebook