बैतडीमा नौ महिनामा ७४ जना हराए

आजभोलि

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । यस्तै १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन र पाँच पुरुष बेपत्ता भएकोमा एक पुरुष मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् । हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकामा पनि कडाई गरिएको छ ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !