होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

आजभोलि

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका छन् ।

सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहेका छन् ।

अध्यक्षबाट मनोनित हुने दुईसहित पाँच सदस्य पछि थपिने महासचिव लम्सालले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । महासङ्घ गण्डकी प्रदेशको तदर्थ समिति विसं २०७५ भदौमा गठन भएको थियो ।

महासङ्घमा गण्डकी प्रदेशका झन्डै आठ हजार होटल तथा रेष्टुराँ व्यवसायी सङ्गठित छन् । महाधिवेशनको शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेको थियो ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !