वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत

आजभोलि

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुआत गरेको बोर्डले जनाएको छ । सातै प्रदेशका विभिन्न ८१ पालिकासँग कार्यक्रम सञ्चालनका लागि बोर्डले सम्झौता गरिसकेको बोर्डका निर्देशक रामा भट्टराईले जानकारी दिए ।

उनका अनुसार पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेशका २१ पालिकाले बोर्डसँग सम्झौता गरिसकेका छन् भने मधेस प्रदेशका १६ पालिकाले यो कार्यक्रम गर्न बोर्डसँग सम्झौता गरेका छन् । यसैगरी, कोशी प्रदेशका १३, गण्डकी प्रदेशका १४, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी १८ पालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दैछन् ।

उक्त कार्यक्रमबाट वैदेशिक रोजगारीबाट फर्किएका तीन हजार युवा लाभान्वित हुने बोर्डले जनाएको छ । पुनः एकीकरण कार्यक्रममा लागि वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षमा रु १५ करोड २५ लाख रकम छुट्याएको जनाइएको छ । यही बजेटअनुसार कार्यक्रम गर्न बोर्डले सुरक्षित आप्रवासन सामी कार्यक्रम लागू भएका देशका ३९ जिल्लाका पालिकालाई प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

त्यसमध्ये पालिकाहरूले २४ हजार जनालाई यो कार्यक्रममा सहभागी गराउने गरी रु ४३ करोड रकम माग गरेका थिए । बोर्डले यो कार्यक्रम सञ्चालनका लागि छुट्याएको रकमअनुसार पहिलो चरणमा निश्चित पालिकामार्फत थोरै सङ्ख्यामा यो कार्यक्रम लागू गरिएको बोर्डको भनाइ छ । बोर्ड र पालिकासँग भएको सम्झौताअनुसार पालिकाले यस आवमा कति जनालाई पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने हो त्यसबमोजिम बोर्डमार्फत रकम पाउनेछन् ।

पालिकाहरुले आफ्नो पालिकास्तरको आवश्यकता र चाहनाअनुसार आफूले गर्ने कार्यक्रमसहित बोर्डमा प्रस्ताव पेस गरेका छन् । बोर्डबाट विनियोजन भएको रकममा धेरैजसो पालिकाले ५० प्रतिशत रकम थप गरेर कार्यक्रम सञ्चालन गर्ने सहमति भएको पनि बोर्डले जनाएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्किएकाका लागि पहिलो पटक पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम सञ्चालनका लागि बोर्डले छुट्टै निर्देशिका नै ल्याएको छ ।

  • २९ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !