पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रका ठूलो योगदान रहेको बताएका छन् ।

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अदालतको फैसला कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र प्रेस स्वतन्त्रताको रक्षा गर्नु राष्ट्रिय दायित्व भएको उल्लेख गरे ।

नेकपा ९माओवादी केन्द्र०का महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा जनमत तयार गर्ने विषयमा सञ्चार क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको बताए । उनले भने, ‘संविधानले वाक स्वतन्त्रता र सूचनाको हकको पूर्ण प्रत्याभूति गरेको हुँदा प्रेस जगत्ले सही सूचना ढुक्क भएर दिन सक्नुपर्छ ।’

नेकपा ९माले० का महासचिव सिपी मैनालीले राष्ट्रहित, जनता र समृद्धिका लागि निष्पक्ष भएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए । उनले भने, ‘आवाज कमजोर भएका नागरिक र स्रोतसाधन नभएका सञ्चारगृहलाई हामीले बढी सहयोग गर्नुपर्छ ।’

जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले पत्रकारले निर्भिक भएर काम गर्ने वातावरण नभएपछि लोकतन्त्रको मापन कसरी सुदृढ हुनसक्छ भनी प्रश्न गरे ।

पूर्वमहान्यायाधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, दिशानिर्देश क्लबका संस्थापक जेपी गुप्तालगायत वक्ताले राष्ट्र र जनहितमा काम गर्ने क्रममा जति चुनौती आए पनि प्रेसले आफ्नो व्यावसायिक धर्म, नैतिकता, इमान्दारिता त्याग्न नहुुने बताए । उनीहरूले राज्यलाई जवाफदेही र सत्यलाई उजागर गर्ने कार्यमा नेपाली प्रेसले महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

सो अवसरमा राजनीति र ज्योतिष विधामा महत्वपूर्ण योगदान दिने पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी र ज्योतिष लालमणि खनाललाई सम्मान गरिएको थियो ।

  • २ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !