मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

आजभोलि

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज चामलसहित दाल, तेल, आलु प्याजलगायत खाद्यान्न प्रदान गरिएको हो । कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको स्थापना दिवसमा मानवीय सेवाका लागि खाद्यान्न सहयोग गरिएको बताए ।

आश्रमकी मानवता प्रवद्र्धन अभियान्ता रिया थापाले सङ्घसंस्था र व्यक्तिको सहयोगबाट आश्रममा रहेका करिव दुई सय आश्रितको पालनपोषण गरिएको बताए । कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराई, महासचिव योगबहादुर गुरुङले आश्रमलाई दीगोरुपमा सञ्चालन गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !