भार मापन गर्न आनाकानी

आजभोलि

बनेपा । मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ ।

प्रशासनले भने मालवाहक टिपरले क्षमताभन्दा बढी सामान ढुवानी गरेर सडक क्षति पु¥याएकामा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तोकिएको मापदण्डअनुसार मात्रै ढुवानी गर्न अनिवार्य तौल लिएर मात्रै सञ्चालन गर्न नियमन गर्न लागिएको जनाएको छ ।

गृह मन्त्रालयले तौल पुल सञ्चालन गर्न भन्दै प्रशासन कार्यालयलाई परिपत्र गरेपछि धुलिखेलमा सबै पक्षबीच भएको छलफलमा व्यवसायीले आपत्ति जनाएका छन् । छलफलमा बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले आफूहरुको हित विपरीत नीति भएका कारण तौल पुल प्रयोग गर्न नसक्ने बताएका छन् ।

‘पछिल्लो समय आएको निर्देशिका कार्यान्वयन गर्ने हो भने हामी सबै टिपरको साँचो प्रशासन कार्यालयलाई बुझाउन बाध्य हुन्छौँ’, उनले भने, ‘हाम्रा सबै उपभोक्ता भनेको काठमाडौँको हो । व्यवसाय चौपट भइरहेको बेला झन् थोरै भए पनि सामान खोज्ने भएकाले समस्या ल्याउने काम नगरियोस् ।’

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले छलफलबाट वैशाख ७ गते बिहान १० बजेदेखि तौल पुल सञ्चालनमा ल्याउने निर्णय भएको बताए । कार्यान्वयन गरेपछि आइपर्ने समस्या समाधान गर्दै जाने उनको भनाइ छ ।

‘नियमन गर्ने अधिकार जुन, जुन निकायले पाएका छन्, उनीहरुले गर्छन् । यसमा झन्झट मान्ने र गर्दिनँ भन्न कोही कसैले पाइँदैन’, प्रजिअ पौडेलले भने । कार्यविधिको कार्यान्वयन गर्दा भएका संरचनाको पनि जतन हुने र राज्यलाई नै आर्थिक हिसाबले लाभ दिने भएकाले विधि पछ्याउँदा बीचमा लगेर कटिङ गर्ने र जरिवाना तिर्न कारबाहीबाट छुटकारा मिल्ने उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सार्वजनिक सम्पत्ति जोगाउने दायित्व सबैको भएकाले सबै आ–आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्न आवश्यक रहेको बताए । ‘बढी भार बोक्दा सडक छिट्टै बिग्रन्छ भन्ने कुरा थाहा भएर पनि व्यवहारमा उतार्न आखिर किन मानिरहेका छैनौँ ?’, जिल्ला समन्वय समितिका प्रमुख गौतमले भने ।

जिल्लाको बनेपा पनौती सडक खण्डको लागि पनौती नगरपालिकास्थित हरिहरपुरमा, अरनिको राजमार्गका लागि पाँचखाल नगरपालिकास्थित केराघारीमा र विपी राजमार्गका लागि नमोबुद्धको भकुण्डेबेँसीमा तौल पुल स्थापना गरिएको छ ।

यातायात व्यवस्था विभागको अनुमतिमा केराघारी र पनौतीको तौल पुल ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिले स्थापना गरेको छ भने भकुण्डेको तौल पुल कोट काली सर्भिसेज प्रालिले स्थापना गरेको छ ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !