बाँकेका दुई स्थानमा दश घर जले

आजभोलि

बाँके । बाँकेको राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दशवटा घर जलेका छन् । आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

बुधबार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँचवटा घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताए । उनका अनुसार दुईवटा घरमा आंशिक क्षति पुगेको छ ।

यसैगरी नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ ।

करिब डेढ दुई घण्टाको फरकमा दुईवटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए । गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ ।

  • ७ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !