काठमाडौं। काठमाडौं महानगरपालिकालाई सर्वोच्च अदालतले सिंहदरवारको फोहोर उठाउन आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले सिंहदरवारको फोहोर नउठाउने भनी घोषणा गरेका थिए ।
त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।