राउटे समुदायको व्यवस्थापन गर्न माग

आजभोलि

दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरेका छन् ।

तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथमिकता दिन आग्रह समेत गरेको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भने, ‘राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ ।

सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने कुरा जिन्सी सामान प्रदान गर्नुपर्छ । नगद कारोबार बन्द गर्नुपर्छ । तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनुपर्दछ ।’

दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताए । उनले भने ‘सरकारले पौष्टिक आहार प्रवद्र्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ । ‘

सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोठ दिएका छन् । उनीहरुलाई विस्तारै–विस्तारै आत्मनिर्भर अभियानमा जोड्न उनले सुझाव दिए ।

स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर उनीहरूलाई नगद प्रवाहको विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका वस्तुको सहज उपलब्ध गराउनुपर्ने बताए ।

उनले भने, ‘ तीनै तहका सरकारले विशेष निगरानी गर्ने टोली परिचालन गर्नुपर्छ । नत्र राउटेको अस्तित्व सङ्कटमा पर्न सक्छ ।’

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !