काठमाडौं । अब अब स्वदेशी उत्पादनको सवारी साधनलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने भएको छ ।
यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेका थिएन ।
आज बिहीबार यातायात व्यवस्था विभागले यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेपछि भन्सार प्रज्ञापनपत्र नचाहिने भएको हाे ।
साथै,विगत लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता समेत पाउने भएका छन् ।