घरसँगै जल्यो गोतामेको सपना

आजभोलि

ढोरपाटन । शुक्रबार दिउँसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै थिए । सोही बेला एक्कासि घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाउन लागे तर उनको प्रयासलेमात्र आगो निभाउन सकेन। एकै छिनमा हेर्दाहेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट गोतामेले कुनै पनि सामान बचाउन सकेनन् ।

आर्थिक अवस्था निकै कमजोर रहेका उनको घरसँगै गाँस बास, कपास सबै जलेर खरानी बन्यो । दिनभरी घरको आँगनमै आराम गरिराख्नु भएका गोतामे साँझपख घरविहीन भए । आगोमा जलेर उनको फर्ने एक जोड कपडा पनि रहेनन् । घरविहीन भएका गोतामे परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसेको छ ।

गाउँपालिकाले आगालागीमा सबै नष्ट भएको थाहा पाएपछि तत्कालै राहतका सामग्री उपलब्ध गराएको छ ।
छपन्न वर्षीय गोतामेको सम्पत्तिका नाममा अब दुईमुरी मकै र जौँ फल्ने पाखोबारी बाहेक अरु केही छैन ।
आगोले आफ्नो जिन्दगीभरीको कमाइ एकै छिनमा खरानी बनाइदिएको र घरमा के कसरी आगो लाग्यो भन्ने पत्ता नलागेको उनले सुनाए ।

“मेरो बुढी र कान्छी बुहारी बारीमा जौँ काट्दै थिए, मैले पनि बारीमै काम गरिराखेको थिए, केटाकेटी स्कुलबाट आएर खाजा खाँदै थिए, एक्कासि घरमा आगो दन्किएको देखेँ, कसरी लाग्थ्यो थाहै भएन, म गरिब मान्छेमाथि ठूलो बज्रापात प¥यो, अब कहाँ बस्ने ?, के खाने ?,” गोतामेले भने– “खाइनखाई दुःख गरेर घर बनाए, यो त मेरो जिन्दगीभरिको कमाइ हो, अहिले आफन्तको घरमा बसेको छु, आफन्तको घरमा बसेर कति दिन चल्छ र ?” आगलागीमा करिब २० लाख बराबरको क्षति भएको गुनासो गर्दै उहाँले सहयोगको सबैसँग याचना पनि गरे ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अग्निपीडित गोतामेलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको र अन्य सहयोग पालिकाबाट हुने बताए । उनले भौगोलिक विकटताका कारण समय समयमा यस क्षेत्रमा प्राकृतिक प्रकोपसँगै अन्य घटना हुने गरेकाले पालिकाले नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताए ।

अध्यक्ष बुढा मगरले भने,“आगलागीमा घरको सबै सामान जलेर नष्ट भएको छ, ओड्ने आछ्याउने र लत्ताकपडा केही पनि जोगाउन नसकेको जानकारी हामीहरुले पाउँदासाथ पालिकाबाट केही खाद्यन्न सामग्री र केही कपडा राहतस्वरुप दिएका छौँ, अन्य सहयोग पालिकाले दिनसक्ने हामी उपलब्ध गराउँछौँ, अहिले उहाँहरुलाई केही समयका लागि आफन्तको घरमा बस्ने व्यवस्था मिलेको छ, यो समय हावाहुरी चल्ने हुँदा आगलागीको जोखिम उस्तै छ, यसबाट अन्य स्थानीयवासी पनि सजक हुन जरुरी छ ।”

  • १७ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !