काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा मागेका छन् । उनले सिके राउतलाई राजद्रोहको मुद्दा नलगाए राजिनामा दिनु पर्ने उल्लेख गरेका छन् । स्वतन्त्र मधेशको माग राखेर तराईमा आन्दोलन गरिहेको सिके राउतले खुलमखुला देश टुक्र्याउने अभयिान चलाए पनि सरकारले कारबाही गर्न सकेको छैन् ।
उनले आफ्नो फेसबुक बालमा उलेका छन् – ‘उप-प्रधान एवं गृहमन्त्रीजी,जयनेपाल, मैले केहिदिन पहिले सिके राउतले लहानमा बोलेको बिषयमा प्रधानमन्त्रीजीलाई आग्रह गरेको थिएँ, उहाँको कानमा बतास लागेन, मैले तपाईलाई नै भन्नुपर्ने भयो, सिकेलाई राजद्रोह् लगाउनुस, अन्यथा पदबाट राजीनामा दिनोस् । ‘
सिके रउातलाई कारबाही नगरेको र उनका गतिविधीलाई नियन्त्रण नगरेको भन्दै गृह प्रशासनको ठूलो विरोध भइ रहेको छ । सिके राउतले खुलमखुला आमसभा गर्दै नेपालबाट मधेश अलग गर्नु पर्ने भनाई सार्वजानिक रुपमा व्यक्त गर्दै आइरहेका छन् । सैनिक तालिम तथा तयारी गरिहेको खबर बाहिर आए पनि सरकारले कुनै चासो नदेखाएको नेकपा एमालेले आरोप लगाउदै आएको छ ।