तालुखुइले हुनबाट जोगाउने तेल

आजभोलि

काठमाडौं । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या धेरैलाई देखिन थालेको छ । त्यसैले तालुखुइले हुनबाट जोगिनका लागि कपालको जरामा यी तेलहरुको उपयोग गर्न सकिन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।

तोरीको तेल र अमला
तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने तोरीको तेलमा अमला मिसाएर कपालमा लगाउनुहोस् । अमलाको पाउडर वा फलको रसलाई तोरीको तेलमा मिसाएर मनतातो बनाएर कपालको जरामा मसाज गर्दै लगाएमा फाइदा हुन्छ ।

जैतुनको तेल
पोषक तत्वहरुले भरिपूर्ण जैतुनको तेलले टाउको मालिस गरेमा कपाल झर्न कम हुन्छ । जसले गर्दा तालु खुइले हुनबाट पनि जोगिन्छ ।
क्यास्टरको तेल

तालु खुइले हुनबाट जोगिनका लागि क्यास्टर तेल र तिलको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ । कपालको समस्यामा यो मिश्रण तेल पनि एकदमै फाइदाजनक हुन्छ ।

रोजमेरी तेल
यदी तपाईं तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने हप्तामा दुईपटक रोजमेरी तेल लगाउनुहोस् । रोजमेरी तेलले मालिस गरेमा कपाल बलियो हुनुका साथै स्वस्थ पनि हुन्छ ।

नरिवल तेल
कपालमा धेरै मात्रामा प्रयोग गरिने नरिवलको तेल खासगरी बाक्लो कपाल बनाउनका लागि फाइदाजनक हुन्छ । नियमित रुपमा नरिवलको तेलले कपाल मालिस गरेमा कपाल बाक्लो तथा लामो हुँदै जान्छ ।  एजेन्सी

  • ४ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !