काठमाडौं । माल्दिभ्ससँग पराजय भएपछि नेपाल साफ च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । नेपाल बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग ३-० गोलले पराजित भयो। योसँगै नेपालको विजय हुने सपना चकनाचुर भएको छ ।
आजलको खेलमा नेपालको रक्षापंक्ति कमजोर रहेको थियो । शुरुआतदेखिनै नेपाललाई माल्दिभ्सले दबाबमा राखेको थियो । विमल घर्तीमगरले माल्दिभ्सका खेलाडीलाई फल खेलेपछि नवौं मिनेटमा अक्रम अब्दुल घानीले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गरेका थिए।
इब्राहिम हसन वाहिदले दुई गोल गरे। इब्राहिमले ८४औं र ८६औं मिनेटमा गोल गरेका थिए। नेपालले यसअघि सन् २०११ को साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १(१ गोलको बराबरीमा रोकेको थियो।
File Photo