उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट

आजभोलि

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठनका सहायक महानिर्देशक तथा सङ्गठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सहकार्यका विविध विषयमा विचार–विमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले नेपालले बहुपक्षीयताका मूल्य र सिद्धान्तको प्रवद्र्धन गर्दै आइरहेको जनाउँदै वर्तमान विश्व परिवेशका चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

“सैद्धान्तिक समर्थन तथा शान्ति स्थापना मिसनमा निरन्तर सहभागितामार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्दै आएको छ”, उनले भने, “नेपालले भर्खरै अतिकम विकसित मुलुकको संयोजक समितिको अध्यक्षता गरेको छ, जसलाई सफलतापूर्वक र प्रभावकारीरूपमा वहन गर्न नेपाल दृढ छ ।”

उनले नेपालको कृषि क्षेत्रमा क्षमता विकास, खाद्य तथा पोषण सुरक्षा तथा ग्रामीण विकासमा विश्व खाद्य तथा कृषि सङ्गठनले गरेको योगदानको प्रशंसा गरे । “नेपाल र विश्व खाद्य तथा कृषि सङ्गठनबीचको सहकार्य आउँदा दिनमा अझ प्रभावकारी र सुदृढ हुनेमा म विश्वस्त छु”, उपराष्ट्रपति यादवले भने ।

भेटमा सहायक महानिर्देशक किमले नेपाल सरकारसँगको सहकार्यमा तयार पारिएको पञ्चवर्षीय ‘नेपाल कार्यक्रम रणनीति’ सार्वजनिक गरेको जानकारी दिए । कृषि क्षेत्रमा हुने विकास अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि महत्वपूर्ण भएको बताए । उनले भने, “एफएओको नेपाल कार्यक्रम रणनीतिका अलावा अन्य सहयोग जारी राख्ने विश्वास म दिलाउन चाहन्छु ।”

  • ४ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !