काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
आज पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एकिकृत समाजवादी)परित्याग गरेका मुकुन्द न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
आज केन्द्रीय सदस्यमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता र एकवाल मियालाई मनोनित गरेको छ ।
त्यस्तै, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई पनि मनोनित गरेको छ ।