कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि निर्मलाका आमाबुबा धर्नामा बसेका छन् । उनीसँगैै मानअवधिकारकर्मी पनि धर्नामा बसेका छन् । कतैबाट पनि न्याय नपाएपछि आफुहरु अनिश्चितकालिन धर्नामा बस्नु परेको उनका बुबाले जनाएका छन् ।
सामूहिक रुपमा आइतवार १२ बजेबाट धर्नामा बसेका छन् । धर्नामा मानवअधिकारकर्मी, स्थानीय जनता तथा शसभचिन्तकहरुपनि सहभागी भएका छन् ।
ग्त साउन १० गते राती महेन्द्रनगरमा निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म उनको हत्यारा पत्ता लगाउन सेकेको छैन् ।
प्रहरीले बलात्कार तथा हत्यासँग जोडिएका सबै प्रमाणहरु नष्ट गरिसकेको छ । सरकारले प्रहरी अधिकारी बर्खास्त तथा निलम्बन गर्ने काम बाहेक केही पनि उपलब्धि हासिल गर्न सकेको छैन् ।