कोशीमा एमालेलाई भोट दिँदैनौँ : नेता उद्धव थापा

आजभोलि

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने बताएका छन् ।

संचारकर्मीहरुसंग कुरा गर्दै आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने भन्दै सरकारलाई विश्वासको मत भने नदिने उनले स्पष्ट पारे।

उनले भने,प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक हो तर त्यसको जवाफ संसदबाटै पनि दिनेछु ।

‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानू ठूलो कुरा भएन। तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ‘ थापाले भने।

उनले ४ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र (जसपा)बीचमा एक भएर अघि बढ्ने सहमति भएको जानकारी गराउँदै सहमति अक्षरशः पालना हुने दाबी गरे।

एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतिमै नयाँ सरकार बन्ने पनि उनको तर्क थियो ।

गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने उनले बताए । तर, सरकारका विषयमा शीर्ष नेतृत्वले गरेको निर्णय स्वीकार्य हुनेछ, उनले भने ।

  • १४ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !