चैनपुरवासी भन्छन्ः शौचालय त चलाउन नसक्ने जनप्रतिनिधिले नगरपालिका कसरी चलाइरहेका होलान् ?’

आजभोलि

अर्थ जङ्ग शाही

बझाङ । बझाङ जिल्लाको मुख्य व्यपारीक केन्द्रको रुपमा रहेको सदरमुकाम चैनपुरमा सार्वजनिक शौचालयको अभाव छ। विभिन्न कामको शिलशिलामा चैनपुर आइपुग्ने आगन्तुकका लागि शौच गर्न निकै ठुलो समस्या छ। पैसा तिरेर भए पनि शौच गर्न चैनपुरमा सार्वजनिक शौचालय नहुँदा आगन्तुकले शौचका लागि भौतारिनुपर्ने बाध्यता छ।

सार्वजनिक शौचालय नहुँदा यहाँ आउने स्थानीयहरुलाई समस्या हुने गरेको छ। जिल्ला सदरमुकाम चैनपुरमा जयपृथ्वी नगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय प्रयोगविहिन अवस्थामा रहेको छ। सदरमुकाम चैनपुरको खुल्ला मञ्चमा रहेको शौचालय सवैको पहुँच र पायकमा नहँदा प्रयोगवीहिन अवस्थाका रहेको छ। शौचालय संञ्चालनका लागी जयपृथ्वी नगरपालिकाले चाँसो नदेखाउँदा चैनपुरमा आउने ग्रामीण भेगका नागरिकहरुले खाजा खाने गरी चैनपुरका होटलहरुमा सौच गर्न जाँनु पर्ने बाध्यता रहेको छ।

‘चैनपुरमा जम्मा १ वटा शौचालय छ। भएको शौचालयपनि प्रयोगविहीन अवस्थामा हुँदा पनि नगरपालिकाले शौचालय संञ्चालनमा कुनै चाँसो नदेखाने गरेको मष्टा गाउँपालिका २ का राजेश खड्काले बताए । सार्वजनिक शौचालय नहुँदा यहाँ आइपुग्ने आगन्तुकले शौचकै लागि होटलमा खाजा, खानाको नाममा शौच गर्नुपर्ने बाध्यता छ। चोक तथा सार्वजनिक जहाँ बढी भिडभाड हुन्छ त्यस्ता क्षेत्रमा सार्वजनिक शौचालय हुनुपर्नेमा चैनपुरको एक छेउमा भएको शौचालय पनि बन्द अवस्था छ, उनले भने ।

आर्थिक वर्ष २०७५।०७६ मा खुल्ला मञ्चमा सार्वजनिक सौचालय निर्माण गरि संञ्चालनमा ल्याइएको थियो। उक्त सौचालय संञ्चालनमा लागी एक जना स्थानीयलाई जिम्मा पनि दिइएको थियो। तर सौचालय बढी भिडभाड हुने र सवैले सहजै प्रयोग गर्न सक्ने स्थानमा नभएपछी अधिकांसले होटलमा सौच गर्ने र सार्वजनिक सौचालय प्रयोग नगर्ने गरेपछी उक्त शौचालय बन्द भएको थियो ।

स्थानीय तहको दोस्रो कार्यकालमा निर्वाचित भएका नगरप्रमुख चेतराज बजालले सवैको पहुँचमा पुग्नेगरी मुख्य बजार क्षेत्रमा सौचालय निर्माण गर्ने बताएको एक वर्षबढी भएपनि पुरानै सौचालय समेत व्यवस्थित हुन सकेको छैन् ।

  • २२ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !