हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाकै शव फेला

आजभोलि

काठमाडौं । आज बिहान १० बजेर १३ मिनेट जाँदा लुक्लास्थित टावरमा अन्तिमपटक सम्पर्क भएको र त्यसपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाकै मृत्यु भएको छ । कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाका अनुसार हेलिकोप्टरमा सवार रहेका एक नेपाली चालक चेतबहादुर गुरुङ र पाँचजना मेक्सिकन नागरिक गरी ६ जनाको मृत्यु भएको हो ।

९एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट स्थानीय समयअनुसार बिहान १०ः५ मा पाँच जना यात्रु लिएर काठमाडौंका लागि उडेको थियो भने उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको हेलिकोप्टर पिके पिक क्षेत्रमा दुर्घटनामा परेको थियो ।

हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको थियो ।

हेलिकोप्टर दुर्घटनामा परी पाइलट गुरुङसहित मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको मृत्यु भएको छ ।

  • २६ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !