अर्थ जङ्ग शाही
बझाङ । नेपालमा यस्तो ठाउँ पनि छ,जहाँ नुन लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । बझाङका स्थानीय बासिन्दा नुनका लागि घण्टौंसम्म लाइनमा बस्नुपर्ने वाध्यता छ ।
बझाङका स्थानीयवासी नुन लिनकै लागि दिन बिताउनुपर्ने हुन्छ । भौगोलिक विकटताका कारण सजिलै नुन पाइँदैन । सरकारले लगेको नुन किन्नका लागि सर्वसाधारणको भीडभाड हुने गरेको छ र घण्टौँ लाम बस्नु पर्ने अवस्था छ ।