काठमाडौं । ललिता निवासको जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले थप एकजनालाई पक्राउ गरेको छ । सीआईबीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
यसअघि शुक्रवार सर्वोच्च अदालतले पक्राउविरुद्धका रिट खारेज गरेपछि सीआईबीलाई अनुसन्धानमा सजिलो भएसँगै यस प्रकरणमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।
बहालवाला सचिव कृष्ण राउतलाई भने थुनाबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ ।