बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु

आजभोलि

काठमाडौं । दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् । अनुमति बिना गोदाम सञ्चालन गरेको आरोपमा गोदामका मालिकलाई प्रहरीले खोजी गरिरहेको छ ।

शनिबार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदाम नजिक वेल्डिङ गर्दा झिल्का लागेर विष्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौँ घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“हामीले १० जनालाई पहिचान गरेका छौं र दुईवटा शवका भाग फेला पारेका छौँ जसको हामीले अझै पहिचान गर्न सकेका छैनौँ, डिएनए परीक्षणलागि सम्बन्धित निकायमा पठाइएको छ,” नाराथिवाटका प्रान्तीय गभर्नर सानन पोंगाक्सर्नले पत्रकार सम्मेलनमा भनेका छन् ।

नरथिवाटका प्रहरी कमाण्डर, प्रहरी मेजर जनरल चालर्मपोर्न खाम्खिउले विष्फोट हुनुभन्दा केही समयअघि वारुद गोदामबाट पटाका क्रेतासमक्ष आपूर्ति गरिएको बताएका छन् । गोदामको एक हजार किलो बारुद विष्फोट भएको उनले बताए ।

  • १४ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !