कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित

आजभोलि

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिए । सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगिन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् । सञ्चालले गत असार २४ मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !