मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक

आजभोलि

 

मुगु जिल्लाको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जिप सोही गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा पुग्दा दिउँसो ४ बजे सडकबाट चिप्लिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जिपमा सवार नौजना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक मोहन बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा पाँच जनाको अवस्था चिन्ताजनक रहेको र दुईको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको उपचार र मृतकको पोष्टमार्टम गर्न उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित एम्बुलेन्स घटनास्थलतर्फ गए पनि छायाँनाथ रारा नगरपालिका–३ फुली र आँसीधारा गाउँको बीचमा तीन ठाउँमा पहिरो गएकाले टोली अगाडि बढ्न सकेको छैन ।

घटनास्थलबाट घाइते र मृतकहरूलाई आँसीधारा गाउँसम्म जिपमा ल्याइँदै गरेको र फुलीबाट स्ट्रेचरसहित हिँडेको प्रहरीले स्ट्रेचरमा बोकेर फुलीबाट एम्बुलेन्समा राखी जिल्ला अस्पताल मुगुमा ल्याइने पनि प्रनाउ बस्नेतले बताए ।

जिपमा सवार अधिकांश हुम्ला जिल्लाका भएको बुझिए पनि उनीहरूको सनाखत हुन सकेको छैन । प्रनाउ बस्नेतले पहिचानभन्दा पनि उद्धारलाई प्रहरीले प्राथमिकता दिएको र जिल्ला अस्पतालमा पुगेपछि सबैको पहिचान एकिन गर्ने जानकारी दिए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट तीन घण्टा सडक दूरी रहेको र सडकको अवस्था राम्रो नभएकाले घाइतेहरूलाई राति १०÷११ बजेसम्ममा जिल्ला अस्पताल मुगुमा पु¥याउन सकिने प्रहरीले बताएको छ ।

  • २९ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !