काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जना आज छुटेका छन् ।
स्रोतका अनुसार मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे छुटेका हुन् ।
स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको स्रोतले जनाएको छ । सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।