१२० जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

आजभोलि

काठमाडौं ।  नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले डीएसपीहरुको सरुवा गरेका हुन् । केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए । प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ ।  प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र सङ्खुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय  खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ ।  भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।

 

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !