प्रेस युनियनका अध्यक्ष लम्सालले साहित्य महोत्सव तयारी समितिमा नाम थपेको भन्दै जनाए आपत्ति

आजभोलि

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसका संस्थापक सभापति एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा पार्टीले आयोजना गर्न लागेको साहित्य महोत्सव तयारी समितिमा नाम थपेको भन्दै आपत्ति जनाएका छन् ।

उनले आज बुधबार एक विज्ञप्ति जारी गर्दै विना सल्लाह पछिल्लो पटक सो समितिमा सदस्य बनाईको भन्दै उक्त समितिमा थप भएका सदस्यहरुलाई अस्वीकार गरेका हुन् ।

वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा पहिलो पटक गर्न लागेको साहित्य महोत्सवलाई प्रभावकारी तयारीका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा तयारी समितिसमेत गठन गरेको थियो ।

उक्त तयारी समितिमा विभिन्न पटक सदस्यहरूको नाम थप्ने क्रम जारी छ । यसैक्रममा बुधबार पनि ११ जनाको नाम थपिएको छ । अध्यक्ष लम्सालले आफूले सो पद अस्वीकार गर्दै विना सल्लाह नाम थपेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

पछिल्लोपटक सदस्यहरू थप गर्दा आफूसँग कुनै सल्लाह नै नगरी नाम राखिएको उहाँको भनाइ छ ।

  • २० भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !