काठमाडौं । उच्च अदालतका लागि २७ जना न्यायाधीशमा सिफारिस भएका छन् । रिक्त रहेका न्यायाधीशहरुको पदपूर्ति गर्नका लागि न्याय परिषद्ले २७ जनाको नाम सिफारिस गरेको हो ।
शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त पदहरुमध्ये हालको लागि २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको जनाएको छ । १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायीबाट सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।