बझाङ । आज बझाङ केन्द्रबिन्दु भएर सात पटक भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा पहिलो पटक भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पुनः गएको हो ।
त्यसपछि फेरी ३ बजेर ४५ मिनेटमा ४.१ रेक्टर स्केल, ४ बजेर २८ मिनेटमा पनि ४.१ रेक्टर स्केल भूकम्प गएपछि पनि पुनः ४ बजेर ३१ मिनेटमा ४. ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।
केहीबेर माहोल थामिएपनि पुन ५ बजेर १९ मिनेटमा र ५ बजेर ३८ मिनेटमा ५ ५ रेक्टर स्केलको
भूकम्प गएको छ ।
भूकम्प गएपछि त्यहाँ मानिसहरुको भागदौड मच्चिएको थियो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण अझै आएको छैन ।