पश्चिममा लगातार भूकम्पका धक्का

आजभोलि

बैतडी । भूकम्पबाट बैतडीमा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया नीरा भण्डारी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार कलशा घर नजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुङ्गा लागेर घाइते भएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । कलशाको हाल गाजरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

यस्तै विद्यालयबाट घर फर्किरहेका बेला भूकम्पका कारण सडक माथिबाट खसेको ढुङ्गा लागेर खुट्टामा चोट लागेकी नीराको कोटपेटरा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसका साथै जिल्लामा भूकम्पबाट भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

भूकम्पबाट सिगास गाउँपालिका– ३, घकुराडीका रघुवीर साउदको घरमा क्षति पुगेको छ । सिगासकै लेकलुपण माविको भवनमा पनि क्षति पुगेको छ । दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्र भएर ५ दशमलव ३, ३ बजेर ६ मिनेट चैनपुर आसपास केन्द्र भएर ६ दशमलव ३ र दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • १७ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !