अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

आजभोलि

सिड्नी, असोज १८- अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस) ले बताएको छ ।

कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीन वटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान गरेका छन् ।

“हामी अक्टोबरको पहिलो सातामा छौँ र हामीले धेरै दिनदेखिको ३० डिग्री तापक्रम र उच्च हावासहितको मध्य गर्मी महसुस गरिरहेका छौँ, जङ्गलमा लागेको आगोले यस्तो खालको वातावरण मन पराउँछ र यो विशेषगरी क्षेत्रीय समुदायका लागि विनाशकारी हो”, प्रिमियर मिन्सले भने ।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’ बाट घटाएर ‘सुझाव’ मा झारिएको थियो ।

बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

  • १८ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !