आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी

आजभोलि

बाँके ।  बाँकेको नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यूको क्रम जारी छ। जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहान सूचना जारी गरी पुनः निषेधाज्ञा ​र कर्फ्यू लगाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टास्न वा लेख्न तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै स्थानमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।

यस्तै राति ८ बजेदेखि मिति शनिबार बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र चार किल्लामा कर्फ्यू आदेश जारी गरिएको छ । यसअघि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न मंगलबार दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू बिहीबार दिनभरका लागि ९बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म हटाएको थियो ।

बिहीबार बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यू लगाइएको थियो । सामाजिक सञ्जालमा आएका विषयमा हिन्दु र मुस्लिम समुदायबीच सद्भाव भड्किन लागेपछि नेपालगञ्जमा कर्फ्यू लगाइएको हो।

  • १९ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !