इजरायलमा भएका नेपाली नागरिकको उद्धारका लागि जहाज पठाउँदै सरकार

आजभोलि

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयर लाइन्सको जहाज पठाउने तयारी गरेको छ । सरकारले अध्ययन तथा अन्य कामको शिलशिलामा इजरायलमा गएर युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धारका लागि जहाज पठाउन लागेको हो ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती तथा नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न निर्देशन दिएपछि जहाज पठाउने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको छ भने यस विषयमा मन्त्री किराती, नागरिक उड्यन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष र नेपाल एयरलाइन्सका प्रमुखसँग छलफल भइरहेको छ ।

द्वन्द्वग्रस्त मुलुक जानुअघि विमानको सबै इन्सुरेन्स गर्नुपर्ने भएकोले युएइबाट सो कार्य सम्पन्न गर्ने र इजरायलको विमानस्थलमा जहाज अवतरण अनुमतिको प्रक्रिया पनि बुधबार नै लिइने छ । त्यसपछि जहाज इजरायल उड्ने छ ।

युद्ध जारी रहेका कारणले इजरायलले हालसम्म उडान अनुमति दिन सकेको छैन । इजरायलमा उत्पन्न परिस्थितिका कारण समस्या भइरहेको जानकारी इजरायल सरकारले नेपाली दूतावासलाई जानकारी गराएको छ ।

  • २४ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !