काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने जनाएकी छिन् । प्रियंकाले निर्माण गर्न लागेको फिल्म ‘पउवा’ अर्थात ‘पाहुना’ सम्पूर्ण कलाकार नेपाली भाषी हुने भएपछि प्रिंयकाको टिमलाई कलाकार छान्न सकस भएको छ ।
अहिलेसम्म अभिनेता सुनिल थापाले प्रियंकासँग काम गर्ने पक्कापक्की जस्तै छ । सुनिलले यसअघि पनि प्रियंकासँग मेरी कोममा काम गरेकाले उनीहरूबीच सुमधुर सम्बन्ध रहेका कारण सुनिल रोजाइमा परेका हुन भन्ने चर्चा छ ।
सिक्किमकै मन्जु क्षेत्रीलाई नायिकको रुपमा छनोट गर्ने चर्चा पनि चल्न थालेको छ ।
पूर्वी सिक्किमको रंगोलीमा जन्मिएकी मन्जुलाई नेपाली दर्शकले यो भन्दा अगाडी चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘खड्काजी’ कि कान्छी श्रीमतीको रुपमा देखिएकी थिइन् ।
प्रियंकाको होम प्रडक्शनले सिक्किमलाई आधार बनाएर नेपाली फिल्म बनाउन लागेको हो । उनको होम प्रडक्शन ‘पर्पल पेबल’ लाई हाल उनकी आमा मधु चोपडाले सम्हालेकी छन् ।