कालिकामाई गाउँपालिकाबाट हतियारसहित दुई जना पक्राउ

आजभोलि

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाबाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति साढे १० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका– ९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई खानतलासी गर्दा हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४३ वर्षिय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ का ३७ वर्षिय शिवपुजन मुखिया रहेका छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

उनले लगाएको कालो रंङको ज्याकेटको बाँयातर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १ थान अबैध नलकटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

गिरी र मोटरसाइकलमा पछाडी सवार मुखिया समेतलाई नियन्त्रणमा लिएर उनीहरु विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !