सिड्नी । नेपाली कांग्रेसको जनसम्पर्क समिति अष्ट्रेलियाले गरेको एकदिने प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले बीपीको समाजवाद भित्र अटाएको कांग्रेस बिस्तारै साँघुरिदै गएकोमा चिन्ता ब्यक्त गरिन् । लोकतन्त्रमा बिचार र बिमर्शमा मनमुटाव हुनु सामान्य कुरा भएको बताउँदै उनले त्यसलाई आन्तरिक लोकतन्त्रका रुपमा लिनुपर्ने तर्क गरिन् ।
जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले प्रवासमा प्रजातन्त्रवादीहरुको बाहुल्यता रहँदा पनि बिचार भन्दा व्यक्ति माथी भएकाले एकतामा बाँधिन नसकेको बताए । कार्यक्रममा सम्पर्क समितिका संस्थापक प्रेम सापकोटाले प्रवासमा पार्टीको बिचार र बिस्तारका लागि खोलिएका जनसम्पर्कहरु नेताहरुको चाकडीको साधन भएको बताए ।