मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

आजभोलि

वीरगञ्ज । मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताए । ‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला  प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर मनाइएका छौँ,’’ उनले भने,‘‘वीरगञ्जमा आज बिहान विभिन्न ठाउँबाट मुस्लिम संस्कृति झल्किने झण्डासहित युवाले लठ्ठीको कला देखाएर मनायौँ ।’’ सो समुदायले भने मुहर्रमका दिन साहसिक कला प्रदर्शन गर्ने गर्छन् ।  इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि दशदिनसम्म मनाइने गरिन्छ ।  मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर विसर्जन गर्ने चलन छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढङ्गेल मोहर्रम पर्वलाई मर्यादित ढङ्गले मनाउन अनुरोध गरे । ‘‘मोहर्रम पर्व सामाजिक सद्भाव कायम राख्दै मनाउन मुस्लिम समुदायलाई अनुरोध गर्दछु,’’ उनले भने,‘‘पर्वलाई लक्षित गरेर जिल्लाको शान्तिसुरक्षालाई पनि उच्च सर्तकता अपनाइएको छ ।’’

  • २ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !