बोस्टन। कांग्रेस सदस्य तुल्सी ग्याबर्डले सन् २०२० मा अमेरिकी राष्ट्रपतिको पदमा उम्मेद्वारी दिने भएकी छिन् । अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी दिने उनी पहिलो हिन्दु हुनेछिन् । उनी पहिलो हिन्दु कांग्रेस सदस्य समेत हुन् ।
सिएनएनका संवाददातासंग कुरा गर्दै उनले भनिन् , “मैले अागामी राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।”
यसको औपचारिक घोषणा अर्को हप्ता गर्ने समेत उनले जनाएकी छिन् । डेमोक्रेट सदस्य तुल्सी हवाइ राज्यकी हुन् ।
स्वास्थ्य सेवा, फौजदारी न्याय र जलवायु परिवर्तनलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाउने उनले जनाएकी छिन् ।
तुल्सी इराक युद्धमा समेल थिएन् । हाल उनी कांग्रेसको विदेश मामिला समिति सदस्य छिन् ।