काठमाडौं । नेपाली कांग्रेस ले भेनेजुएला प्रकरणमा अमेरिकाको पक्षमा उभिएको छ । उसले लोकतन्त्रका लागि अमेरिकीको कदम जायज र उचित भएको जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँडले जारी गरेको वक्तव्यमा भनिएको छ सरकारको वक्तव्यमा अपरिपक्वता तथा कमजोर कुटनीतिक झल्केको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, असंवेदनशील,अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासीन कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको बैठक आपत्ति प्रकट गर्दछ । बिगत ६५ वर्षदेखि अमेरिकाले नेपालको भौतिक र सामाजिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको बिर्सन हुन्न ।
उसले भनेको छ, नेपालसँग अहिलेसम्म कुनै सम्बन्ध नरहेको भनेजुएलको राजनीतिक घटनाक्रममा सरकार र नेकपाको वक्तव्य औचित्यहीन र अपरिपक्व भएको जनाएको छ । उसले सरकारले चालेको कदमप्रति आश्चर्य जाहेर गरेको छ ।
यसअघि नेकपाका द्धितीय अध्यक्ष पुष्पकमल दाहाहले एक वक्तव्य जारी गर्दै अमेरिकी कदमको कडा ओलोचना गरेका थिए । लगत्तै ने्पाल सरकारले जारी गरेको वक्तव्यमा पनि अमेरिकी हस्तक्षेप सही नभएको बताएको थियो ।