९ जना नेपाली कामदारसहित सय जना विदेशी पक्राउ

आजभोलि

९ जना नेपाली कामदारसहित सय जना विदेशी पक्राउ

काठमाण्डौ / मलेसियामा ९ जना नेपालीसहित एक सय जना विदेशी कामदार पक्राउ परेका छन् ।
अवैधानिक रुपमा काम गर्दै आएको कागजात नभएका र सम्झौता अवधि सकिएको विदेशी कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएको छ।

उनीहरुमध्ये केहीसँग कागजात नै नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको समाचारमा उल्लेख छ । बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच सुरु गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

विभागले देशमा अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको र यसलाई निरन्तरता दिने पनि बताएको छ । मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिईसकेको थियो ।

त्यसपछि वैधानिक नबनेका कामदारलाई पक्राउ गर्ने अभियान सुरु गरेको हो । गएको जनवरी महिनामा ५ हजार ९१ जना अवैधानिक कामदार र उनीहरुलाई काम दिने ८३ जना रोजगारदातालाई पक्राउ गरिएको अध्यागम विभागको भनाई छ ।

  • २६ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !