काठमाडौं । धाविका मिरा राईले नेशनल जोग्राफिकको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवर्ड जितेकी छिन् । नेसनल ज्योग्राफिक अनलाइन संस्करणले जनाए अनुसार अल्ट्रा म्याराथन धाविका मीराले संसारभरका नौ जना साहसिक व्यक्तिलाई अनलाइन भोटिङमापछि पार्दै अवार्ड हात पारेको जनाएको छ ।
यसका लागि मीरासँगै १० जना प्रतिस्पर्धाका लागि मनोनयनमा परेका थिए । गत १२ वर्षदेखि सञ्चालन हुँदै आएको साहसिक प्रतिस्पर्धामा अन्वेषण, संरक्षण तथा मानवीय क्षेत्रका उत्कृष्ट काम र साहसिक खेलमा सहभागी व्यक्तिको नाम छनोट गर्ने गरिन्छ ।
भोजपुरमा जन्मिएकी २९ वर्षीया मीरा किशोर अवस्थामा नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएकी थिइन । पूर्व लडाकु रहेकी मीरा गत वर्षमात्र फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो भएकी थिइन् । यस्तो अवार्ड जित्न उनी पहिलो नेपाली धाविका बनेकी छन् ।