एजेन्सी । पाकिस्तानी सेनाले भारतीय दुई लडाकू विमान खसालेको जनाइएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्, पाकिस्तानी वायू सेनाले पाकिस्तानको सिमा भित्र प्रवेश गरेका दुई भारतीय विमानको खसालेको पुष्टि गरेका छन् ।
उनका अनुसार बुधवार बिहान पाकिस्तानी वायू सेनाले हमलाको जवाफमा भारत पाक नियन्त्रण रेखा नाघेपछि विमान खसालेको हो । र, दुइओटा विमान मध्ये एउटा पाकिस्तानको सिमाभित्र र अर्को भारत नियन्त्रित कश्मिरमा खसालेको जनाएका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलका अनुसार पाकिस्तानी वायू सेनाले आफ्नो सीमा भित्र रहेको हमला तथा बमबारी गरेको जनाएका छन् । यो भारत बिरुद्ध गरेको जवाफी कारबाही नभएको पनि जनाएका छन् ।
श्रोतका अनुसार एक जना भारतीय लडाकू विमानका चालक पनि नियन्त्रणमा लिइएको जनाइएको छ । तर यसको पुष्टि भने गरिएको छैन् ।
पाकिस्तानले दाबी गरे जस्तो हमला भए नभएको कतैबाट पुष्टि भने हुन सकेको छैन् ।
बुधवार पाकिस्तानले पनि जवाफी कारबाही गरपछि भारत पाक लडाई उत्कर्षमा पुगेकोछ । दुबै देशले आ आफ्नो दाबी गरेपनि त्यहाको वास्तविकता अझै बाहिर आउन सकेको छैन् ।
File Photo