भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा ६५ जनाको मृत्यु

आजभोलि

भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा ६५ जनाको मृत्यु

आप्रवासी सवार डुंगा भूमध्य सागरमा पल्टिँदा कम्तिमा ६५ मृत्यु भएको छ । ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरर्णाथी नियोग युएनएचसिआरले जनाएको छ ।

युएनएचसिआरका अनुसार १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको हो ।

युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु डुंगामा सवार थिए । सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ । पछिल्लो पटक भएको यो दुर्घटना सन् २०१९ कै ठूलो रहेको उल्लेख गरिएको छ ।

ट्युनिसियाको नेभीले उद्धार गरि तटीय क्षेत्रमा ल्याएका आप्रवासीहरु अहिले डुंगाबाट उत्रिनका लागि अनुमतिको पर्खाईमा छन् ।

  • २८ बैशाख २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !